गृहमन्त्री र बेलायती राजदुत भेटवार्ता

गृहमन्त्री रामबहादुर थापा‘बादल’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत)का राजदुत रिचार्ड मोरिसले शिष्टाचार भेटवार्ता गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा नेपाल–बेलायत द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विविध क्षेत्रको विकासमा बेलायतले गर्दै आएको सहयोग प्रति धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वाँस व्यक्त गरे ।

गृहमन्त्री थापाले बेलायती सेनामा कार्यरत नेपालीहरुका केही समस्या रहेको सुनिएको भन्दै सो बारे चाँसो व्यक्त गर्नुभएको थियो । राजदुत मोरिसले नेपाल–बेलायत सम्बन्धको चर्चा गर्दै नेपालले तिव्रतर रुपमा विकास गरोस भन्ने आफुहरुको चाहना रहेको बताए ।

उनले नेपालमा बेलायती लगानी भित्र्याउन आफुले सक्दो पहल गर्ने समेत बताए ।

राजदुत मोरिसे विपद् व्यवस्थापन, सुरक्षा निकायको तामिल र उपकरण लगायतका क्षेत्रमा गृह मन्त्रालयसँग समन्वय गरेर काम गर्न आफुहरु तयार रहेको बताए ।

भेटमा पछिल्लो समय गृह मन्त्रालयले सुरु गरेको राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको नियमनका विषयमा समेत छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्