दिउँसो सुत्ने बानी छ भने सुधार्नु होस्, यस्तो छ खतरा…

काम गरेपछि थकाइ लग्नु स्वाभाविक नै हो । थकाइ लागेपछि शरीरले आराम माग्छ र निद्राभन्दा राम्रो आराम के नै हुन सक्छ र ? निद्रा स्वास्थ्यको लागि साह्रै लाभदायक छ भन्ने कुरामा त कुनै दुविधा नै छैन । यो किसिमले हाम्रो क्लान्त मस्तिष्क र शरीरलाई आफ्नो गुमेको शक्ति फेरी प्राप्त गर्ने अवसर समेत हो ।

तर सुत्ने कति बेला या कुन समयको सुताइले सबैभन्दा फाइदा हुन्छ भन्ने कुरामा भने विभिन्न प्रकारका मतभेद पाइन्छन् । राति सुत्नु त सधैँ फाइदाजनक नै हुन्छ ।  प्रत्येक व्यक्तिका लागि २४ घण्टामा ६ देखि ८ घण्टा सुत्नु राम्रो मानिन्छ ।  निद्रा कम भयो भने शरीरमा कतिपय जटिलताहरू विकसित हुने सम्भावना हुन्छ त्यसैले कतिपयले राति निद्रा पुगें भने दिनमा सुतेर त्यसको क्षतिपूर्ति गर्ने गर्दछन् ।

तर दिनमा सुत्नुले फाइदा हुन्छ या बेफाइदा भन्नेबारे भने फरक फरक मत भेटिन्छन् । हुन त स्वास्थ्य शरीर र स्वस्थ मस्तिष्कका लागि  निद्रा धेरै आवश्यक छ तर हालै एउटा शोधबाट भएको खुलासालाई हेर्ने हो भने त दिनमा सुत्ने बानी छ भने त्यसबारे बेलैमा सोचिहाल्नु पर्ने देखिन्छ ।

झस्कायो नयाँ शोधको नतिजाले 

सामान्यतया के मानिन्छ भने दिनमा सुतेको खण्डमा शरीरलाई थप आराम प्राप्त हुन्छ ।  तर हालै सार्वजनिक एउटा शोधका अनुसार भने दिनमा सुत्नाले हाम्रो स्मरणशक्ति बिस्तारै कम हुँदै जान्छ ।  यति मात्र होइन विशेषज्ञहरूको कुरा पत्याउने हो भने दिनमा सुत्दा हाम्रो मस्तिष्कभित्र एउटा अन्जान डर बस्न थाल्दछ जो वास्तवमा अवास्तविक हुन्छ । त्यस्तो मानिस अवास्तविक संसारमा रुमल्लिने मात्र होइन मनगढन्त यादहरूमा सधैँ भौंतारिने हुन्छ ।

ब्रिटेनको ल्याङ्कास्टर विश्वविद्यालयमा गरिएको एउटा शोधले दिनमा ४५ मिनेट देखि १ घण्टासम्म निरन्तर सुत्दा यसले स्मरणशक्ति कम्जोर हुन्छ ।

हुन त निद्रा स्मरणशक्तिका लागि साह्रै राम्रो मानिन्छ तर दिनमा सुतेको खण्डमा भने त्यसको उल्टो प्रभाव देखिने उक्त अध्ययनले जनाएको छ । यस्तो निद्राले हाम्रो मस्तिष्कको दायाँ भागमा रहने स्मृतिहरूमा नोक्सान पुग्ने अध्ययनको नतिजा रहेको छ ।

राति मस्तिष्क हुने गर्दछ पुनर्ताजा 

राति सुत्नु किन पनि फाइदाजनक छ भने यसो गर्नाले दिनभरि एकत्रित गरिएका सूचनाहरूको चाङबाट मस्तिष्कलाई मुक्ति पाइन्छ र त्यस समय मस्तिष्कले अनावाश्यक जानकारीहरूलाई मेटाउने काम गर्दछ ।

यसले गर्दा हाम्रो मस्तिष्कमा नयाँ अनुभव र जानकारीहरूका लागि ठाउँ खाली हुन्छ । तर यसको ठीक विपरित यदि दिनमा सुत्ने हो भने हामीभित्र एउटा अन्जान डर बस्न सक्छ जसले हाम्रो स्मृतिलाई सोझै नोक्सान पुऱ्याउने हुन्छ ।

हुन त त्यस विश्वविद्यालयबाट मनोविज्ञान विषयका विद्यावारिधि शोधकर्ता जोन स’अका अनुसार राति पनि बढी सुत्नु हानिकारक नै हुने गर्दछ । उनी भन्छन्, “मस्तिष्कभित्र सूचनाहरूको स्थिति बारम्बार बदलिइरहन्छ र कतिपय अवस्थामा यो डरलाग्दो अवस्था हो ।”

हाम्रो मस्तिष्कको बायाँको तुलनामा दायाँ भागमा अभासजन्य यादहरू संग्रहित हुने गर्दछन् र दिनमा सुत्दा त्यस भागमा प्रभाव पर्ने हुँदा दायाँ भागमा स्थित रहेका सुचनाहरूमा प्रभावित हुने गर्दछन् ।

 

कमेन्ट गर्नुहोस्