एमसीसी र नेदरल्याण्डस्सँग लर्ड्समा खेल्ने १५ सदस्यीय नेपाली टोलीको छनोट, को-को परे ?

काठमाडौं, साउन १ । नेपालले आइसीसीबाट एक दिवसीय क्रिकेटमा अन्तर्राष्ट्रिय मान्यता पाएपछिको नेपाली राष्ट्रियले आगामी जुलाई २९ मा पहिलो खेल बेलायतका लर्ड्समा खेल्दै छ ।

नेपालले बेलायतमा मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सविरुद्धको खेल र नेदरल्याण्ड्समा हुने घरेलु टिमविरुद्धको एकदिवसीय खेलका लागि १५ सदस्यीय टिमको घोषणा गरेको छ ।

पारस खड्काको कप्तानीमा रहेको टिममा अनिल शाह, बसन्त रेग्मी, दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्ति गौचन, शरद भेषवाकर, सोमपाल कामी र सुवास खकुरेल रहेका छन ।

१५ सदस्यीय नेपाली टोलीको छनोट प्रशिक्षक जगत टमाटा, कप्तान खड्का र आइसीसी प्रतिनिधि अनिमुल इस्लामले गरेका हुन । टोलीको उपकप्तानमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

नेपालले जुलाई २९ तारिखमा लर्ड्समा त्रिकोणात्मक श्रृखंला खेल्नेछ । टी–२० फरम्याटमा हुने प्रतियोगितामा नेपालसहित एमसीसी र नेदरल्याण्डस्को सहभागिता रहेको छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आइसीसीले अन्तर्राष्ट्रिय मान्यता दिएको छ ।

लामो समयपछि सुवास खकुरेल अन्तिम १५ मा पर्दा प्रदीप ऐरी र विनोद भण्डारी अतिरिक्त खेलाडीमा परेका छन् तर प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेर चर्चामा रहेका हरि क्षेत्री भने टिममा परेनन् ।

त्यसैगरी अतिरिक्त खेलाडीको रुपमा विनोद भण्डारी, प्रदीप ऐरी, सुसान भारी र सुनिल धमला रहेका छन् ।

कमेन्ट गर्नुहोस्