अक्षयको कमार्इ सलमानको भन्दा बढि, एक वर्षमा कति आम्दानी ? हेर्नुस्

काठमाडौं, साउन २ । फोर्स सबैभन्दा बढि कमाइ गर्ने १०० सेलिब्रेटीको नाम सार्वजनिक गरेको छ । नाम मंगलबार सार्वजनिक गरिएको हो । जसमा भारतीय अभिनेता सलमान खान र अक्षय कुमार पनि अटाएका छन् । अक्षय यो सूचिको ७६औं र सलमान ८२औं स्थानमा रहेका छन् ।

यी दुवै बलिउड स्टारले कूल ५३५ करोड कमाएका छन् । यस सूचिमा अमेरिकी बक्सर फ्लर्यड मेवेदर पहिलो स्थानमा छन् । उनले एक वर्षमा १९५२ करोड रुपैयाँ भारु कमाएका छन् । आठौं स्थानमा लियोनल मेसी रहेका छन् । उनले एक वर्षमा १११ मिलिएन डलर (करीव ७६० करोड भारु) कमाएका छन् । यस्तै, १०औं नम्बरमा पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनले एक वर्षमा ७४० करोड रुपैयाँ कमाएका छन् ।

अक्षयले कमाए सलमानभन्दा २० करोड बढि
फोर्सको सूचिका अनुसार अक्षय कुमारले पछिल्लो एक वर्षमा ४०.५ मिलियन (करीव १७७ करोड भारु) कमाएका छन् । सलमान खानले भने ३७.७ मिलियन (करीव २५८ करोड भारु) मात्रै कमाउन सके ।

टप फाइभमा सबैका अमेरिकीः फोर्सले सार्वजनिक गरेको टप भाइभमा अमेरिकाका सेलिब्रेटी रहेका छन् । पहिलो नम्बरमा बक्सर फ्लर्यड मेवेदर, दोस्रोमा कलाकार जर्जक्लूनी, तेस्रोमा रियलिटी टीभी स्टार तथा व्यवसायी काइली जेनर रहेका छन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्