आज नेल्सन मण्डेलाको जन्म शताब्दी, मण्डेला दिवस विश्वभर मनाईँदै

काठमाडौं, साउन २ । दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति तथा रंगभेदी आन्दोलनका अभियन्ता नेल्सन मण्डेलाको सम्झनामा आज विश्वभर नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवस मनाईँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा मण्डेला जन्मिएको दिन पारेर हरेक वर्ष जुलाई १८ दिन दिवस मनाउने गरिएको छ । सन् २००९ को नोभेम्बरमा संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेसँगै यो दिवस सन् २०१० देखि मनाउन थालिएको हो ।

याे पनि पढ्नुस  कोरोनाबाट नेल्सन मण्डेलाकी छोरीको मृत्यु

यो वर्ष विशेष रुपमा मनाईँदैछ । मण्डेला जन्मिएको १०० वर्ष पूरा भएको छ । सन् १९१८ को जुलाई १८ मा मण्डेलाको जन्म भएको थियो । १०० वर्ष पूरा भएको अवसरमा वर्षदिनभर विशेष कार्यक्रम गरिएका थिए ।

रंगभेदी आन्दोलनको नेतृत्व गरेर अश्वेतलाई अधिकार दिलाएकोमा मण्डेलाले नोबेल शान्ती पुरस्कार पनि पाएका थिए । रंगभेदी नीतिको विरोधमा आन्दोलन गरेका मण्डेला धेरै वर्ष जेलमा बसेका थिए। तर उनी सन् १९९४ मा उनी दक्षिण अफ्रिकाको राष्ट्रपति बने । सन् १९९९ मा आफ्नो कार्यकाल पूरा गरेका उनले त्यसपछि पनि एचआइभी एड्स तथा रंगभेद विरुद्ध काम गर्न भने छोडेनन् ।

याे पनि पढ्नुस  मण्डेलाको अन्तिम संस्कारमा कराेडाैं घाेटला

उनको जन्म शताब्दीको अवसरमा यो वर्षलाई उनको जीवन र विरासतलाई थप उजागर गर्न केन्द्रित गरिएको छ । मण्डेलाको ‘विश्वलाई राम्रो ठाउँ बनाउँ’ भन्ने कुरालाई प्रभावकारी बनाउन सबै लाग्नु पर्नेमा जोड दिइएको छ ।

मण्डेला दिवसको अवसरमा जोहनसबर्गमा भएको कार्यक्रममा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले मण्डेलाको आदर्शको कुरा उप्काउँदै अहिलेको अमेरिकी प्रशासनको नजानिदो तर प्रभावकारी तरिकाले आलोचनागरेका छन् । मण्डेलाको सन् २०१३ को डिसेम्बर ५ मा निधन भएको थियो । -एजेन्सी

कमेन्ट गर्नुहोस्