आज मौसम कहाँको कस्तो ? हेर्नुस्

काठमाडौँ, साउन २ । आज देशभरको मौसम दिनभर सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, पूर्ण बदलीको सम्भावना भने नरहेको महाशाखाको भनाइ छ ।

अहिले देशका धेरै ठाउँमा बदली भएको छ तर दिउँसोतिर मौसम केही खुल्ने सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले बताइन् । केहीबेर मौसम खुलेजस्तो भए पनि मनसुनी गतिविधि सक्रिय रहेकाले फेरि बदली हुनेछ ।

देशभर नै हल्कादेखि मध्यम स्तरको पानी पर्ने सम्भावना छ । विशेष गरी पश्चिम र पूर्वी पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । यस्तै पूर्व र मध्य तराईका क्षेत्रमा भने पानी पर्ने सम्भावना कम रहेको र परे पनि हल्का मात्रै वर्षा हुनेछ । बेलुका तथा राति भने पूर्ण बदली हुने सम्भावना रहेको र पानी पनि पर्नेछ ।

कमेन्ट गर्नुहोस्