पहिरो जाँदा पर्वतमा ५ जना बेपत्ता, पाँच घर बगायो 

पर्वत, साउन २ । जिल्लाको जलजला गाउँपालिका-८ मा पहिरो जादाँ पाँच जना बेपत्ता भएका छन्, भने पाँचवटा घर पनि पहिरोले बगाएको छ । बुधबार विहान करीब १ बजे माथिबाट झरेको पहिरोले बमबहादुर परियारको घर बगाउँदा उनका छोरा विकास परियारसहित अन्य चार जना बेपत्ता भएका प्रहरीले जानएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले पहिरोले घर बगाएको र केही मानिस सम्पर्कविहीन भएको बताए । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

कमेन्ट गर्नुहोस्