छोराको कुटाइबाट बाबुको मृत्यु

सोलुखुम्बु, साउन २ । आफ्नै छोराको कुटपिटबाट सोलुखुम्बुमा एक बाबुको मृत्यु भएको छ। दूधकुण्ड नगरपालिका-९ सानो खाम्दिङमा छोराको कुटाइबाट ४५ वर्षीय फुर्वा शेर्पाको मृत्यु भएको हो। शेर्पालाई सोमबार साँझ छोरा १८ वर्षीय तेन्जी शेर्पाले कुटपिट गरेको स्थानीयले जानकारी दिएका छन्।

घाइते भएका फुर्वाको मंगलबार साँझ आफ्नै घरमा मृत्यु भएको प्रहरी चौकी केरुङले जनाएको छ। घटनालगत्तै फरार भएका तेन्जीलाई प्रहरीले दूधकुण्ड नगरपालिका-१० स्थित सोल्मासा जंगलबाट नियन्त्रणमा लिएको छ।

कमेन्ट गर्नुहोस्