युवती हत्या आशंकामा थप एकजना पक्राउ

कञ्चनपुर, साउन २ । कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ की १७ वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप एकजनालाई मंगलबार पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका-२, वाणीका २२ वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका-७, लालपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिए ।

पक्राउ परेका बोहरालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उनले बताए। दुई दिनअघि प्रहरीले विष्टको हत्याको आरोपमा २१ वर्षीय मदन गिरीलाई पक्राउ गरेको थियो । विष्टको असार ३२ गते बिहान १ बजे लालझाडी गाउँपालिका-५, लालझाडी जंगलको आमखैया नजिक शव फेला परेको थियो । विष्ट असार २६ गते घरबाट हराएकी थिइन् । -रासस

कमेन्ट गर्नुहोस्