पहिरोले घर बगाउँदा ३ जनाको मृत्यु

गोरखा, साउन २ । जिल्लाको शहीद लखन गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जनाको ज्यान गएको छ ।

गाउँपालिकाको वडा नम्बर ६, अँधेरीमा रहेको नवराज कुँवरको घर मंगलबार पहिरोले बगाउँदा नवराजकी १० वर्षीया भतिजी प्रबिना कुँवर, २० वर्षीया भान्जी सरु कुँवर र उनका नौ महिने छोराको ज्यान गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन आलेले बताए । नौ महिने छोरासहित सरु पाहुना बस्न आएकी थिइन् ।

कमेन्ट गर्नुहोस्