ग्राहकवर्गलाई खुशी खबरः यतिले घट्यो सुनचाँदीको मूल्य !

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल प्रतितोला सुनको मूल्य ५७ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर प्रतितोला सुनको मूल्य ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार तेजावी प्रतितोला सुनको मूल्य ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ५६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

मंगलबार प्रतितोला चाँदीको मूल्य ७५० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७४५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्