शरीर गन्हाएर दिक्क हुनु भएको छ ? यस्तो गर्नुहोस्

काठमाडौं, साउन २ । बेलायतस्थित योर्क र अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले मानिसहरुको शरीरमा कसरी गन्ध बन्छ भन्ने पत्ता लगाएको दाबी गरेका छन् ।

उनीहरुका अनुसार छालामा भएका व्याक्टेरियाले पसिनामा भएका अम्लीय यौगिकहरुलाई टुक्रा पर्दा शरीरमा दुर्गन्ध निकिन्छ । उनीहरुले शरीरमा कसरी गन्ध उत्पन्न हुन्छ भन्ने कारण पत्ता लागेका ले अब यसको नियन्त्रण सम्भव भएको बताएका छन् ।

वैज्ञानिकहरुले भनेका छन्, ‘केही स्ट्यालाइलोकोकस व्याकुटेरियाले हामीलाई दुर्गन्धित बनाउँछ । व्याक्टेरियाको सम्पर्क नहुँदासम्म शरीरबाट निस्किएको पसिना कुनै गन्ध हुँदैन ।’

सास गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? यसरी मुक्त हुनोस्

लामो अध्ययनपछि उनीहरुले भनेका छन्, ‘व्याक्टेरिया ‘ट्रान्स्पोर्ट प्राटिन’ प्रयोग गरी पसिनामा हुने गन्धहीन यौगिक उपयोग गर्ने कुरा पत्ता लागेको छ । अनि शरीरमा गन्ध बाँकी रहन्छ यसलार्य हल गरिए गन्ध हटाउने नयाँ खालको ‘डिअडोरेन्टहरु’ बन्न सक्छन् । र त्यस्ता उत्पादनमा ट्रान्स्पोर्ट प्रोटिनलार्य निस्तेज पार्ने तत्व हुने छ ।’

गन्ध कसरी उत्पन्न हुन्छ पत्ता लगाए वैज्ञानिकहरु सफल भएपनि यो निराकरणका लागि अपनाइने विधि र प्रक्रिया तयारी हुन भने केही समय लाग्ने उनीहरुले बताएका छन् ।

त्यहीभर घरेलु उपायबाट कसरी शरीरबाट उत्पन्न हुने दर्गन्ध कम गर्ने त ।

केही व्यवहारिक सल्लाह

  • काखी धुन एन्टिव्याक्टेरियल साबुन प्रयोग गर्नुहोस् । पसिना चाँडै सुकाउन रौ खौरिनुहोस् ।
  • छालामा पर्याप्त हावा पुर्याउन सुतीजस्ता प्राकृतिक रेसाले बनेका लुगा लगाउनस होस् ।

कमेन्ट गर्नुहोस्