अब सुत्केरी भत्ता दोब्बर

काठमाडौं, साउन २ । सरकारले सुत्केरी भत्ता दोब्बर बनाएको छ । आर्थिक वर्ष २०७५ ७६ को बजेट भाषणमा सरकारले यसअघि महिलाले पाउँदै आएको सत्केरी भत्ता दोब्ब बनाउने घोषण गरेको थियो ।

यसअघि सरकारी स्वास्थ्य संस्थामा सुत्केरी भए हिमाली क्षेत्रमा १५ सय, पहाडी क्षेत्रमा एकहजार र तराईमा पाँच सय रुपैया यातायात खर्च दिने गरेको थियो ।

स्वास्थ्य सेवा विभागले मंगलबार माताहतका कार्यालयलाई पत्राचार गर्दै साउन १ गतेदेखि लागू हुने गरी सुत्केरी भत्ता दोब्बर वितरण गर्न गराउन भनेको छ ।

कमेन्ट गर्नुहोस्