शक्ति गौचनद्वारा संन्यास घोषणा

काठमाडौं, साउन २ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् ।

बिहीबार पहिलो एकदिवसीय क्रिकेट खेल्न बेलायत जाने टोलीका लागि बुधबार आयोजित बिदाई कार्यक्रममा शक्तिले यो नै अन्तिम विदेश टुर हुने बताएका हुन् । साथै उनले अब नेपालमा हुने अर्को खेल नै उनको राष्ट्रिय टोलीका लागि अन्तिम् खेल हुनेछ।

नेपालले युरोप टुर अन्तर्गत इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा त्रिकोणात्मक ट्वान्टी ट्वान्टी सिरिज तथा नेदरल्यान्ड्समा दुई खेलेको वान–डे सिरिज खेल्दैछ।

राष्ट्रिय टोलीका लागि डेढ दशक मैदानमा बिताएका गौचनले करियरको सुरुवात ब्याट्सम्यानको भूमिकामा खेलेका थिए। पछिल्लो एक दशक भने उनले स्पिनरको भूमिका निर्वाह गर्दै आएका छन्।

राष्ट्रिय टोलीबाट संन्यास लिएपनि उनले घरेलु क्रिकेटमा भने निरन्तर खेलिरहने बताएका छन्।

कमेन्ट गर्नुहोस्