छिद्रा परेका दाँत हुने मानिसमा हुन्छन् यस्ता विशेषता

सुन्दर दाँतहरू कसलाई मन नपर्लान् । टम्म मिलेका दन्तलहरले मानिसको सौन्दर्यलाई त्यसै बढाइदिन्छ । तर धेरै मान्छेहरूका दाँतहरू छिद्रा परेका अर्थात बीचमा खाली ठाउँ भएका हुन्छन् । यस्ता दाँत हेर्दा केही अनाकर्षक देखिए पनि समुद्रशास्त्रले भने यस्ता मानिसहरूमा विशेष गुणहरू विद्यमान रहने मान्दछ ।

यस्ता मानिसहरू भाग्यशाली हुने र हरेक क्षेत्रमा सफल हुने दाबी समुद्रशास्त्रले गर्दै आएको छ ।

यस्ता मानिसहरूमा के कस्ता विशेषता हुन्छन् त भन्नेबारे केही जानकारी हामीले जम्मा गरेका छौं:

१. समुद्रशास्त्रका अनुसार समान आकारका र चम्किला दाँत भएका मानिसले आफ्नो जीवन सुखपूर्वक व्यतित गर्ने बताइएको छ ।

२. समान आकारका दाँत भएका मानिस रचनात्मक हुने र उनीहरूलाई आफ्नो पैसा कसरी सम्हालेर राख्ने भन्ने कुरा राम्ररी आउने बताइन्छ ।

३. दाँतको बीचमा खाली ठाउँ भएका मानिस बुद्धिमान हुने गर्दछन् ।

४. यस्ता मानिस उर्जावान् हुने र ठुल्ठुला उपलब्धि हासिल गर्ने खालका हुन्छन् ।

५.दाँतहरूको बीचमा खाली ठाउँ हुने मानिस आँटिला र कहिल्यै हार नमान्ने खालका हुन्छन् । उनीहरू सधैँ खुसी रहन मन पराउँछन् र समस्याहरूले घेर्दा पनि उनीहरू हरेस खाँदैनन् ।

६. यस्ता मानिस खुबी कुरौटे पनि हुन्छन् र कुनै पनि विषयमा घन्टौ कुरा गर्न सक्छन् ।

७. दाँतहरूको बीचमा खालि ठाउँ हुने मानिस खुल्ला विचारका हुन्छन् र खुबी हँसिलो स्वभावका हुन्छन् ।

८. यदि यस्ता मानिस जागिरे छन् भने तिनीहरूले जागिरमा राम्रो प्रगति स=गर्ने सम्भावना रहेको हुन्छ ।

९. यस्ता दाँतहरू भएका मानिस खानपिनका सौखिन हुने गर्दछन् त्यसैले उमेर बढ्दै जाँदा उनीहरू मोटाउँदै जाने उत्तिकै सम्भावना रहने गर्दछ ।

१०. यस्ता दाँत भएका मानिस बुद्धिमान हुन्छन् । उनीहरू पैसासँग सम्बन्धित निर्णयहरू निकै सोचविचार गरेर गर्ने हुनाले उनीहरुलाई पैसा सम्बन्धि समस्या खासै पर्ने गरेको पाइँदैन ।

 

कमेन्ट गर्नुहोस्