कांगडामा वायुसेनाको विमान दुर्घटना

सिमला, साउन २ । भारत हिमाचल प्रदेशको कांगडा जिल्लामा बुधवार दिउँसो भारतीय वायुसेनाको मिग–२१ विमान दुर्घटना भएको छ ।

दुर्घटनामा फाइटर पाइलटको मृत्यृ भएको बताइएको छ । मिग विमान बुधबार अपरान्ह करीब १.२१ बजे पञ्जाबको पठानकोट सैनिक क्याम्पबाट उडेको थियो । त्यसको केही समयपछि पाइलटसँगको सम्पर्क विच्छेद भएको थियो ।

विमान हिमाचलको पट्टा जट्टियान क्षेत्रमा खस्दै गरेको देखेको स्थानीयलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान दुर्घटनाको कारण खुलेको छैन ।

भारतीय वायुसेनाले दुर्घटनाबारे अनुसन्धान गर्न निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्