नीता र दिपेन्द्रको तीज गीत ‘छम्म छम्म’ (भिडियोसहित)

काठमाडौं, साउन २ । गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत र आशिष अविरलको एरेन्ज रहेको छ ।

तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पति उसँगै नाच्न आउँछ । गीतको यही भावलाई भिडियोमा उतारिएको छ । निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ । गीत तथा भिडियोलाई बिएमएस फिल्म्सले बजारमा ल्याएको हो । आधुनिक गीतको भिडियोमा मोडलिङको अनुभव लिइसकेका दिपेन्द्र पत्रकार तथा उद्घोषक पनि हुन् । उनले तीज गीतमा भने पहिले चोटि मोडलिङ गरेको बताए ।

हेर्नुहोस भिडियो

कमेन्ट गर्नुहोस्