अमेरिकामा दुईवटा विमान आकाशमा ठोक्किदा १९ वर्षीय भारतीय छात्रासहित तीनको मृत्यु

वाशिङटन, साउन २ । अमेरिकाको फ्लोरिडामा दुईवटा ‘ट्रेनी एयरक्राफ्ट’ (प्रशिक्षणमा रहेका दुईवटा विमान) आकाशमा एक आपसमा ठोक्एिका छन् । दर्घटनामा परि भारतीय मूलकी १९ वर्षीया निशा सेजवालसहित तीनजनाको मृत्यु भएको छ ।

मंगलबार भएको दुर्घटनामा ‘मियामी हेराल्ड’ ले फेडरल एवियशन एडमिनिस्ट्रेशनलार्य उधृत गदैए भनेको छ दुबै विमान सम्भवतः प्रशिक्षार्थी पाइलटले उडाएका थिए ।

प्रहरुले तीनजनाको मृत्यु भएको पुष्टि गरेको छ । साथै दुर्घटनामा अन्य एक व्यक्तिको पनि मृत्यु भएको हुन सक्ने बताइएको छ । मियामी डेड काउण्टीका मेयरका अनुसार, ‘ दुबै एयरक्राफ्ट्स पाइपर पीए–३४ र सेसना १७२ डीन इन्टरनेशनल फ्लाइट स्कूलका थिए । सन २००७ देखि लिएर २०१७ सम्ममा उक्त स्कूलका १२ वटा विमान दुर्घटना भइसकेका छन् ।

निशाकोे फेसबुक पेजमा भेटिएका सामग्रीका अनुसार, उनीे गएको वर्ष सेक्टम्बरमा डीन इंन्टरनेशनल फ्लाइट स्कूलमा भर्ना भएकी हुन । त्यसअघि निशा दिल्लीको एमिटी पब्लिक स्कूल र डीएवी मोडल स्कूलमा अध्ययन गरेकी थिइन । मृत्यु हुनेमा जर्ज सांचेज २२ वर्ष र राल्फ नाइट ७२ का थिए । एउटा विमानबाट दुईजानको र अर्कोबाट एकजनाको शव निकालिएको थियो ।

मियामी प्रहरीका अनुसार, ‘दुबै विमानमा छात्रालाई ट्रेनिङ दिने गरिएको थियो । विमानमा एक पाइलट एक वा ट्रेनर या ट्रेनर र एक छात्र रहेको हुनुपर्छ ।’

एयरपोर्ट नजिकको नहरमा माछा मार्न गएको प्रत्यक्षदर्शी डेनियल मिरालेस दुईवटा विमान ठोक्किएको भिडियो पनि बनाएका छन् । डेनियलले भने, ‘ मैल एउटा अनौठो आवाज सुने । र मलाई लाग्यो यो विमानको आवाज हो । आवाज यस्तो थियो कि एउटा १८ चक्के ट्रक १४० किलोमिटर प्रतिघण्टाको गतिमा गइरहेको छ र अचानक सडकमा पल्टियो ।’

कमेन्ट गर्नुहोस्