फोर्ब्सले जारी गऱ्यो १०० महँगा सेलिब्रिटीहरूको सूचीः बलिउडबाट शाहरुख आउट, अक्षय इन

काठमाडौं, साउन २ । फोर्ब्स पत्रिकाले संसारका सय सबैभन्दा महँगा सेलिब्रिटीहरूको सूची सार्वजनिक गरेकाे छ । सूचीको शीर्षमा अमेरिकी बक्सर फ्लोयड मेवेदर रहेका छन् । उनले पछिल्लो वर्ष लगभग ३०.६५ अर्ब नेपाली रुपैयाँ बराबरको कमाइ गरेको फोर्ब्सले जनाएको छ ।

त्यस्तै यस सूचीको दोस्रो नम्बरमा अमेरिकी अभिन्ता जर्ज क्लुनी रहेका छन् । उनको पछिल्लो वर्षको जम्मा कमाइ २६.२५ अर्बको हाराहारीमा रह्यो । अमेरिकी मोडल तथा रियालिटी सो टिभी स्टार काइली जेनर यस सूचीको तेस्रो खुट्किलोमा छिन् । गत वर्ष उनको जम्मा कमाइ लगभग १८.२३ अर्ब रहेको थियो ।

यस पटक सिनेकलाकारहरू यस सूचीमा तल खस्केका छन् । यदि एसियाको कुरा गर्ने हो भने सय नम्बरसम्मको यस सूचिमा जम्मा तीन जनाले मात्र आफ्नो नाम पार्न सफल भएका छन् । यी मध्ये अग्र पंक्तिमा चिनियाँ सुपर स्टार ज्याकी च्यान रहेका छन् । समग्र सूचीमा ५९ औं स्थान ओगटेका च्यानको पछिल्लो वर्षको जम्मा कमाइ लगभग ५ अर्ब रुपैयाँ रह्यो ।

त्यस्तै उक्त सूचिको ७६ औं नम्बरमा पर्न सफल बलिउड कलाकार अक्षय कुमारले लगभग ४.४५ अर्ब रुपैयाँ कमाएको फोर्ब्सले जनाएको छ ।

त्यस्तै बलिउडका दबंग भनेर चिनिने सलमान खान यस सूचिको ८२ औं नम्बरमा छन् । उनको जम्मा कमाइ लगभग ४.१४ अर्ब रुपैयाँ रहेको थियो । सधैँ यस सूचीमा परिरहने शाहरुख खान भने यसपालि सय नम्बर भित्र पर्न सफल भएनन् । गत वर्ष उनी ६५ औं स्थानमा थिए । फोर्ब्सका अनुसार सन् २०१६ मा उनले ३.६४ अर्ब रुपैयाँ कमाएका थिए ।

एसियन सेलिब्रिटीहरूमा पछिल्लो वर्ष ज्याकी च्यानका ७ वटा फिल्म रिलिज भएको र ती मध्ये चिनियाँ–बलिउड सहकार्यमा बनेकोप ‘कुङ–फु योगा’ ले साह्रै राम्रो प्रदर्शन गरेको बुझिएको छ ।

त्यस्तै अक्षय कुमारका दुई चलचित्र ‘प्याडम्यान’ र ‘टोइलेट एक प्रेम कथा’बाट समेत उनले राम्रो कमाइ गरेको फोर्ब्सले जनाएको छ ।

त्यस्तै उनले थुप्रै विज्ञापनहरूबाट मनग्य आम्दानी गरेको जनाइएको छ । सलमान खानले भने उनको ब्लाक्बस्तर चलचित्र टाइगर जिन्दा है’बाट राम्रो कमाएको साथै केही विज्ञापनहरूबाट समेत उनको कमाइ भएको फोर्ब्सले जनाएको छ ।

शाहरुख खानको हकमा भने गएको वर्ष कुनैपनि चलचित्रले उल्लिखत प्रदर्शन गर्न नसकेको कारण उनी यस फोर्ब्सको सूचीबाट बाहिरिएका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्