‘कस्मेटिक सर्जरी’ गर्ने साेचमा हुनुहन्छ ? यी कुरा जान्ने कि !

एजेन्सी, साउन २ ।

ब्राजिलमा एक जना महिला आफ्नो हिपको प्लास्टिक सर्जरी गर्न नाम चलेको सर्जन (डाक्टर) कोमा गइन । सर्जरी सुरु भयो । सर्जनले एउटा सुई सगाए । त्यसको केही समयपछि ती ४६ वर्ष महिलाको मृत्यु भयो । अहिले ती डाक्टर फरार छ ।

फरार ४५ सालका डेनिस फ्रूटाडो रियो द जेनेरियो सहरमा सेलिब्रिटी डाक्टर मानिन्छन, जसलाई डा. बमबमको नामले समेत चिनिन्छन् । आज भोलि ‘राम्रो’ बन्ने होडबाजीमा शरिरका विभिन्न भागको प्लास्टिक सर्जरी गराउने फेशन नै चलेको छ ।

सन् २०१६ मा बीबीसीले गरेको एउटा अध्ययनले ३२ प्रतिशत महिलाले आफ्नो विभिन्न अंग ब्रेस्ट, ओठ, नाम, हिपको कस्मेटिक सर्जरी गर्न चाहेको तत्य सार्वजनिक गरेको थियो । यसमा ३२ वर्षभन्दा कम उमेरका महिलाको संख्या ४५ प्रतिशत थियो ।

ब्रिटिश एसोसिएशन अफ अस्थेटिक प्लास्टिक सर्जन्सको आँकडा अनुसार, प्लास्टिक सर्जरी गर्नेको संस्या दिनदिनै बढ्दै गएको छ । ‘राम्री’ हुने होडमा यसका नकारात्मक असरहरुबारेमा धरैले इक्कार गर्छन् । प्लास्टिक सर्जरीमा सिलिकनको प्रयोग गरि अंग बढाउने, खटाउने वा आकर्षक बनाउने गरिन्छ ।

मानिसको संवेदनशील अंगमा प्रयोग गरिने सिलिकन उद्योग तथा कलकारखानामा प्रयोग गरिन्छ । यो तथ्य सार्वजनिक भएपछि बेलायतमा नियन्त्रणको माग उठेको थियो ।

ब्रिटिश एसोसिएशन अफ अस्थेटिक प्लास्टिक सर्जन्सका पूर्वअध्यक्ष राजीव ग्रोवरले कस्मेटिक सर्जरी केही रुपमा सफल भएपनि ग्लामर देखिन सर्जरी गर्ने बढ्दो ट्रेन गतल भएको स्वीकार्छन् । उनले सर्जरी गर्नुभन्दा पहिला यसका सकारात्मक तथा नकारात्मक असरका बारेमा राम्रोसँग परिचित हुनु पर्ने सल्लाह दिन्छन् ।

यी कुरामा सजक बनाैं 

  • कस्मेटिक सर्जरी गर्ने डाक्टर वा सर्जनको योग्यता परिक्षण गर्ने,
  • यसमा लाग्ने सम्पूण रकमका बारेमा जानकारी लिने,
  • आफुले चाहेको परिणाम आउँछ कि आउँदैन भन्ने जानकारी राख्ने,
  • यसमा भएका जोखिमको आँकलन गर्ने

कमेन्ट गर्नुहोस्