नेविसंघमा विवाद चर्कियो, असन्तुष्ट समूहले खोल्यो सम्पर्क कार्यालय

काठमाडौं, साउन २ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विवाद चर्किएको छ । नेविसंघभित्रको असन्तुष्ट समूहले सम्पर्क कार्यालय खोलेपछि संगठनभित्रको विवाद सतहमा आएको हो ।

बुधबार महामन्त्री कुन्दनराज काफ्ले ,उपाध्यक्ष रामप्रसाद अधिकारी, डील्लीराम सुवेदी, नवीन राई , प्रकाश रानालगायताका कयौंै नेताकार्यकर्ताको उपस्थितिमा वागबजारस्थित शंकरदेव क्याम्पसअगाडि महाधिवेशन सम्पर्क कार्यालय उद्घाटन गरिएको एक नेताले बताए ।

साताअघि असन्तुष्ट समूहले बहुमत केन्द्रीय पदाधिकारी र सदस्यहरुको बैठकको निर्णय भन्दै आगामी साउन २३ देखि २५ गतेसम्म काठमाडौंको कीर्तिपूरमा महाधिवेशन गर्ने घोषणा गरेकाे थियो ।

कमेन्ट गर्नुहोस्