पत्रकार उजीर मगरलाई पोखरा अस्पताल लगिँदै, अवस्था खतरामुक्त

बाग्लुङ, नेपाल पत्रकार महासंघका पूर्व महासचिव उजीर मगरलाई उपचारका लागि पोखरास्थित क्षेत्रीय अस्पतालमा लगिँदै छ ।
बुधबार बेलुकी साँढे ६ बजे बाग्लुङ सदरमुकामदेखि बुर्तिवाङ जाँदै गरेको जिप सडक छेउमा पल्टिँदा १४ यात्रु घाइते भएका थिए

गलकोट नगरपालिका(९ रिघामा किनारातर्फको नालीमा पल्टिँदा बसमा सवार रहेका १४ जना घाइते भएका थिए ।

जिल्ला प्रमुख अधिकारी वेद प्रसाद खरेलका अनुसार, जीपमा सवार यात्रुमध्ये पत्रकार मगरसहित ४ जनाको टाउको ठोक्किएर बेहोस भएका थिए ।

“पछिल्लो सूचना अनुसार, वहाँलगायत सबै होसमा आइसक्नु भएको छ ।” खरेलले एभरेष्टदैनिकसँग कुरा गर्दै भने, “शुरुमा वहाँ नै होसमा आउनुभएर आफ्नो नाम भन्नुभछ ।”

घाइतेहरुलाई शुरुमा गल्कोटको आरोग्य मेडिकलमा सामान्य जाँच गरिएपछि पोखरास्थित उपक्षेत्रीय अस्पतालका लागि रिफर गरिएको खरेलले जानकारी दिए । “अहिले एम्बुलेन्स र एउटा जीपमा सबैजना आउँदैछन् । एक डेढ घण्टामा वहाँहरु बाग्लुङ आइपुग्नु हुन्छ ।”

मंगलबारदेखि लगातार पानी परेकोले मध्यपहाडी खण्डको धेरै स्थानमा पहिरो खसेको छ । धेरै स्थानमा सडक चिप्लो पनि थियो । घटनाको जानकारी पाउनासाथ प्रहरीले उद्धार गरेको हो ।

घाइतेहरु आज राती नै पोखरा अस्पतालमा भर्ना हुने र अवस्था जटिल भए भोली बिहानै काठमाडौं ल्याउनका लागि पहल गरिने प्रेस सेन्टरका महासचिव विष्णु सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार, राती नै नाइट भिजन हेलिकप्टरबाट काठमाडौं ल्याउने पहल भएपनि सम्भव नभएकोले बिहानको अवस्था हेरि थप पहल गरिने छ ।

कमेन्ट गर्नुहोस्