देउवा-पौडेल विवाद मिल्यो, विधान मस्यौदा समिति आज बन्ने

काठमाडौं, साउन ३ । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको आन्तरिक विवाद मिलेको छ । सरकारविरुद्धको गतिविधिमा एकमत भए पनि यी दुई गुटबीच पार्टीको आन्तरिक गतिविधिमा विवाद थियो ।  देउवा र पौडेल गुटबीचको आन्तरिक विवादकै कारण विधान मस्यौदा समिति बन्न सकेको थिएन ।

याे पनि पढ्नुस  नेता पौडेल भन्छन्, ‘हात मिलाएर मात्रै पार्टी एकता हुँदैन’

मस्यौदा समितिमा बस्ने नेताको नाम पौडेल पक्षले आज उपलब्ध गराउने भएसँगै आजै विधान मस्यौदा समिति गठन हुने सम्भावना रहेको छ । विधान संशोधन तथा परिमार्जनका लागि आगामी भदौमा महासमिति बैठक आयोजना गरिने भनिए पनि विधान मस्यौदा समिति गठन हुन सकेको थिएन ।

याे पनि पढ्नुस  पार्टी एकताको ‘डाडुपन्यु’ सभापतिको हातमा छः नेता पौडेल

मस्यौदा समिति गठन गर्ने कुरामा पौडेल पक्षसँग सहमति भएपछि विभिन्न केन्द्रीय विभाग गठन गर्ने विषयमा पनि सहमति जुट्ने बताइएको छ । कांग्रेसभित्र सभापति देउवा, वरिष्ठ नेता पौडेल र कृष्णप्रसाद सिटौला गुट छ । साथै प्रभावशाली नेताहरुको छुट्टै उपगुट पनि रहेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

कमेन्ट गर्नुहोस्