अनशनरत डा. केसीको मुटुको चालमा गडबडी

जुम्ला, साउन ३ । जुम्लामा २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको छ । बुधबार विहान साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गडबडी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर उपचार गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए ।

‘यो सुविधा अस्पतालमा छैन,’ उनले भने,‘सरकारले तत्काल वैकल्पिक व्यवस्थाका लागि यसतर्फ ध्यान दिन जरुरी छ।’ दुवै हातका नसामा पनि संक्रमण देखिएको छ । निरन्तर घटिरहेको सेतो रक्तकोशिका र संक्रमणका कारण जोखिम बढेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्