पश्चिम सेती निर्माणका लागि फेरि चिनीयाँ कम्पनीलाई गुहारिँदै

काठमाडौं, साउन ३ । चालू आर्थिक वर्षको बजेटमार्फत पश्चिम सेती जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने घोषणा गरेको सरकाले फेरि एकपटक चिनियाँ कम्पनी गुहार्ने भएको छ । गत जेठ १५ मा चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले पश्चिम सेती बनाउन स्वदेशी पुँजी लगानी गर्ने घोषणा गरेका थिए ।

तर, मंगलबार बेलुकी बसेको लगानी बोर्डको बैठकले सम्भव भएसम्म चिनियाँ कम्पनीलाई बोलाउने निर्णय गरेको आजको नागरिक दैनिककले समाचार छापेको छ । पश्चिम सेती आयोजना बनाउन चिनियाँ कम्पनी चाइना थ्री गर्जेज इन्टरनेसनल कम्पनी (सीटीजीआई) को सहायक कम्पनी सिडडब्लुई इन्भेस्टमेन्ट कर्पोरेसनले चाँसो दिँदै आएको छ ।

बोर्डको बैठकले यही कम्पनीलाई लगानी गर्न आग्रह गर्ने निर्णय गरेको हो । ‘पश्चिम सेतीमा लगानी गर्न सीडब्लु इन्भेस्टमेन्ट कर्पोरेसनलाई आग्रह गर्ने बोर्डको बैठकले निर्णय गरेको छ’, बोर्डका प्रवक्ता उत्तमभक्त वाग्ले भने, ‘यही निर्णयअनुसार चिनियाँ कम्पनीलाई चाँडै पत्राचार गर्नेछौँ ।’

कमेन्ट गर्नुहोस्