थप उपचारका लागि पत्रकार उजिर मगरलाई काठमाडौं ल्याइदै

काठमाडौं, साउन ३ । बुधबार बेलुकी बाग्लुङ्गमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार उजिर मगरलाई थप उपचारका लागि आज पोखराबाट काठमाडौं ल्याइने भएको छ। पत्रकार महासंघका पूर्व महासचिवसमेत रहेका मगर ध १ ज १४९ नम्बरको जीप बाग्लुङ्गको गलकोट रिघामा दुर्घटनामा परेको थियो । पत्रकार मगरको दायाँ आँखा, निधार र वायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

बाग्लुङ्ग गलकोटको आरोग्य अस्पतालमा प्रारम्भिक उपचार पछि विहीबार बिहान ३ बजे मणिपाल अस्पताल पोखरामा ल्याइएको थियो । उनलाई थप उपचारका लागि हेलीकोप्टरबाट काठमाडौं ल्याइने तयारी भइरहेको छ । मगरसँगै घाइते भएका अन्यको स्वास्थ्य अवस्था अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्