आजको मौसम, कहाँ-कहाँ खतरा ?

काठमाडौं, साउन ३ । आज देशभर बदली भई मध्य तथा पश्चिमी भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पश्चिमी क्षेत्रका नदीहरु महाकाली, कर्णाली, पश्चिम राप्ति, बबई जलाधारमा तुलनात्मक रुपमा बहाब बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । त्यस्तै, पहाडी क्षेत्रका नदीमा आकस्मिक बाढीको सम्भावना रहेको र पहिरोग्रस्त क्षेत्रमा पनि सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्