रोनाल्डो घरसहित सम्पूर्ण सम्पत्ति बेच्दै !

काठमाडौं, साउन ३ । पोर्चुगलका फुटबल स्टार क्रिष्टियानो रोनाल्डोले आफ्नो थुप्रै सम्पत्ति बिक्री गर्ने भएका छन् । केही दिन अघि रियल मड्रिडबाट इटालिएन क्लब युभेन्टसमा अनुबन्ध भएका स्टार स्ट्राकर रोनाल्डोले स्पेनमा रहेको घरसहित सबै सम्पत्ति बिक्री गर्ने भएका हुन् ।

आफूलाई कर छलीको आरोपमा दुःख दिएकाले स्पेनसँग जोडिएका कुनै पनि चिज आफूसँग नराख्ने मनसायमा रहेका पोर्चुगलको पत्रिका एल कोरेइओ डो मान्हाले लेखेको छ ।

३३ वर्षका रोनाल्डोले ९ वर्षअघि अर्थात सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड आउँदा पनि यस्तै गरेका थिए । उनले त्यो बेला म्यानचेस्टरमा रहेको घर २० मिलियन युरोमा बेचेका थिए, जुन उनले ४.५ मिलियन युरोमा किनेका थिए ।

यी पनि पढ्नुहाेस्-

एकै दिन बिक्यो ५ करोड बढी रोनाल्डो अंकित जर्सी

इटालियन क्लबमा अनबुन्धपछि रोनाल्डोले कसलाई के भने ? हेर्नुस्

रोनाल्डोले नयाँ क्लबमा कति नम्बर जर्सी पाए ?

रोनाल्डोले आफूसँग रहेका २२ कार पनि बेच्न चाहेको खबरमा उल्लेख छ । रोनाल्डोले इटालीमा नयाँ घर किनिसकेका छन् । रोनाल्डोले स्पेनमा रहेको घर बेच्ने योजना बनाएको बताइए पनि उनले स्पेनमा बनाउँदै गरेको होटलका बारेमा भने अहिले नै केही खुलेको छैन ।

कमेन्ट गर्नुहोस्