छोरी जन्माएको भन्दै घर निकाला !

सनसरी, साउन ३ । जिल्लाको दुहबी नगरपालिका-६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित हुनुभएको छ । सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरेर साहले आफू छोरी जन्माएकै कारण घरबाट निकाला भएको र अपहेलितसमेत भएको बताउनुभयो । उहाँले छोरी जन्मिएका कारण श्रीमान् र घरपरिवारबाट अपहेलित हुँदै अहिले माइतमा बस्न बाध्य भएको बताउनुभयो ।

याे पनि पढ्नुस  कांग्रेसका दुई नेता पार्टीबाट निष्काशित

साहले २०७२ सालमा २० वर्षको उमेरमा रामधुनी नगरपालिका-३, प्रिपाहका २४ वर्षीय गोपाल साहसँग विवाह गर्नुभएको थियो । विवाहपछि छोरी जन्मिएको भन्दै श्रीमानले कुटपिट गर्ने गरेको र घरबाट निकालेको पीडित साहले बताउनुभयो । दुई वर्षदेखि दुहबीमा रहेकी आमाको घरमा बस्दै आएको बताउँदै साहले घर फिर्ता आए १० लाख लिएर आउनुपर्ने माग श्रीमानले गरेको बताउनुभयो ।

याे पनि पढ्नुस  सुनसरीमा खुल्यो माओवादीको खाता, बर्जु–१ मा प्यानलै विजयी

आफू पीडित भएर पनि सम्बन्धित निकायले न्याय र चाँसो नदिएका कारण बाध्य भएर पत्रकार सम्मेलन गर्नुपरेको पीडित साहले बताउनुभयो । दुई वर्षकी छोरीसहित पत्रकार सम्मेलनमा उपस्थित भएकी साहले आफू अन्यायमा परेको भन्दै दुहबी नगरपालिकाको न्यायिक समितिमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो ।

याे पनि पढ्नुस  बुढेसकालमा बत्ती बाल्न पाउँदा निकै खुशी

उहाँले श्रीमान्सहित ससुरा ललित साह तथा सासु छिनादेवी साहले घरबाट निकालेको र घरमा फिर्ता आए १० लाख ल्याउन पटक पटक दबाब दिएको बताउनुभयो । पीडित साहले श्रीमानकै घरमा बस्न पाउनुपर्ने मागसमेत गर्नुभएको छ । -रासस

कमेन्ट गर्नुहोस्