रोनाल्डोले रियल मड्रिडविरुद्धको पहिलो खेल नखेल्ने !

काठमाडौं, साउन ३ । केही दिनअघि रियल मड्रिड छाडेर कीर्तिमानी मूल्यमा इटालियन क्लब युभेन्टस प्रवेश गरेका पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले युभेन्ट्सको जर्सीमा पूर्वक्लबविरूद्धको पहिलो खेल नखेल्ने भएका छन्। युभेन्ट्सको प्रि सिजन अमेरिका भ्रमणमा रहेका स्टार रोनाल्डो नहुने भएपछि उनी सिरि ‘ए’बाट मात्र खेल्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।

युभेन्ट्स टोली केही दिनमा इन्टरनेसनल च्याम्पिन्स कप मैत्रीपूर्ण खेलका लागि अमेरिका प्रस्थान गर्दैछ। जहाँ टोलीले जुलाई २६ मा बायर्न म्युनिख, जुलाई २८ मा बेनफिकासँग प्रतिस्पर्धा गर्नेछ। युभेन्ट् र रोनाल्डोको पूर्व टोली रियलबीचको खेल अगस्ट ४ मा खेल हुने तय भएको छ।

याे पनि पढ्नुस्-

रोनाल्डो घरसहित सम्पूर्ण सम्पत्ति बेच्दै !

विश्व कपमा हार व्यहोरेपछि परिवारसहित बिदा मनाइरहेका रोनाल्डो प्रि सिजन अमेरिका भ्रमणमा नजाने भएपछि युभेन्ट्सबाट रोनाल्डोको डेब्यू अगस्ट १८ र १९ मा हुने सक्ने समाचार जनाइएको छ।

इटालियन सिरि ‘ए’को खेल तालिका शुक्रबार सार्वजनिक हुँदैछ। युभेन्ट्सको खेलाडीका रुपमा रोनाल्डो सोमबार सार्वजनिक भएका थिए। १ सय मिलियन पाउन्डमा रियलबाट युभेन्ट्स पुगेका रोनाल्डोले त्यहाँ ४ वर्षसम्म खेल्ने सम्झौता गरेका छन् । -एजेन्सी

कमेन्ट गर्नुहोस्