डा. केसीलाई लिन गएकाे हेलिकप्टर जुम्ला पुग्यो

काठमाडौँ, साउन ३ । २० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउन सरकारले हेलिकोप्टर जुम्ला पुगको छ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही, शिक्षा मन्त्रालयका सचिवसहितको टोली केसीलाई लिन जुम्ला पुगेको हो ।

डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आग्रहमा सरकारले बुधबार केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो । ।

तर केसी पक्षीय चिकित्सकहरुले केसीलाई जबरजस्ती काठमाडौं लैजान लागिएको भन्दै प्रदर्शन गरिरहेका छन् । जुम्लामै वार्ता गरेर केसीको माग सम्बोधन हुनुपर्ने उनीहरूको अडान छ ।

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी अनसनरत छन् । यो बीचमा डा. केसीका प्रतिनिधिसँग वार्ता भएपनि सहमति हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्