डा. केसी काठमाडौं आउन मानेनन्, स्वास्थ्यप्रति चिन्तित भए माग पूरा गर्न आग्रह

जुम्ला, साउन ३ । २० गतेदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीले आज पनि काठमाडौं आउन अस्वीकार गरेका छन् ।  कणार्ली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि सरकारले बिहीबार बिहानै हेलिकोप्टर पठाएको थियो ।

तर, डा. केसीले आफूलाई सरकारले अपहरण गरेर काठमाडौं लैजान खोजेको आरोप लगाएका छन् । उनले आफ्ना सर्मथक तथा पत्रकारहरुसित भने, ‘मलाई अपहरण गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ । सरकार हाम्रो अभियान तुहाउने प्रयत्न गर्दैछ भन्ने सुन्नमा आएको छ ।’

यदि राज्य मेरो स्वास्थ्यप्रति चिन्तित छ भने मेरो माग पूरा गर्नेतिर लाग्नु पर्‍यो । त्यसो भएमा म आफैं अनसन तोडिहाल्छु ।’ डा. केसीले माग पूरा नभएसम्म ‘चण्दननाथ बाबा’को काखमा सत्याग्रह जारी राख्ने अडान लिएका छन् । सरकार अधिनायकवाद लागू गर्न उद्यत भएको आरोप लगाउँदै सरकारको गुन्दागर्दी नचल्ने बताएका छन् ।

कमेन्ट गर्नुहोस्