‘१२ मासे’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । आगामी भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता जयकिशन बस्नेत स्टार नेपाली चलचित्र ‘‘१२ मासे’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलर कमेडी शैलीमा तयार पारिएको छ ।

हाँस्य कलाकारहरुको बाहुल्यता रहेको यस नेपाली चलचित्रमा जुवातासमा हल्लिने युवा तथा वृद्धहरुको कथालाई उठाइएको छ । यस चलचित्र निर्देशक भने लय संग्रौला रहेका छन् ।

ट्रेलरमा अनमोल केसी र प्रदीप खड्काको पनि चर्चा गरिएको छ । दुई युवतीको बीचमा बसेर अभिनेता बस्नेत भन्छन्, ‘अब तिमीहरु प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेत भनेर पछि लाग्छौं । तर तिनीहरुले तिमीहरुलाई भाऊ नै दिँदैन ।’

नक्कली प्रचण्ड भनेर चिनिने चलचित्रका लेखक तथा निर्माता प्रदीप पाठकले ‘१२ मासे’ ले दर्शकलाई मनोरञ्जन दिन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

उक्त चलचित्रमा मुख्य भूमिकामा कलाकार जयकिशनका अलावा पुजना प्रधान, मरिचमान श्रेष्ठ, पुरन थापा, प्रदीप पाठक, सोनिका बास्तोला लगायतको अभिनय रहेका छन् ।

यो चलचित्रमा अर्जुन पोखरेल र कल्याण सिंहको संगीत रहेको छ । बासु न्यौपानेले छायांकन गरेको चलचित्र ‘१२ मासे’ लाई अनन्त घिमिरेले सम्पादन गरेका हुन् ।

हाँस्य नेपाली कथानक चलचित्र ‘१२ मासे’ को युट्युबमा ट्रेलर सार्वजनिक गरेको भिडियो हेर्नुहोस्–

कमेन्ट गर्नुहोस्