बजारमा आज सुनचाँदी कतिमा बिक्री भइरहेको छ ?

काठमाडौं । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावतै कायम रहेको छ ।

बुधबार छापावाल प्रतितोला सुनको मूल्य ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि प्रतितोला सुनको मूल्य ५६ हजार पाँच सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तेजावी प्रतितोला सुनको मूल्य ५६ हजार २०० सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि ५६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार प्रतितोला चाँदीको मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा ७४५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ।

कमेन्ट गर्नुहोस्