विद्यार्थी र समर्थकमाथि प्रशासनद्वारा बल प्रयोग: डा. केसी काठमाडौं आउन तयार

काठमाडौं, साउन ३ । गएको २० दिनदेखि जुम्लामा आमरण अनसनरत डा गोविन्द केसी काठमाडौं आउन सहमत भएका छन् । विद्यार्थी र समर्थकले कर्णाली प्रदेशका मुखुयमन्त्रीसहितको टोलीलाई डा केसीलाई भेट्न र बाहिर ल्याउन नदिएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

अनशनस्थलमा रहेका एक चिकित्सकका अनुसार प्रहरीले विद्यार्थी र समर्थकमाथि बल प्रयोग गरेपछि डा केसी काठमाडौं जान तयार भएका छन् ।

बिहीबार बिहान जुम्ला पुगेको सेनाको हेलिकप्टरमा डा केसीलाई केहीबेरमा काठमाडौं ल्याएदै छ । उनलाई सिघै महाराजगंजस्थित त्रिबि शिक्षण अस्पतालमा उपचारका लागि राखिने छ ।

चौतर्फी रुपमा डा केसीको जीवन रक्षाका माग गर्दै दवाव, विरोध र आलोचना भएपछि बुधबार साँझ सरकारले केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको थियो । डा केसीलाई काठमाडौं ल्याउन कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र स्वास्थ्य विभागका महानिर्देशक डा गुणराज लोहनी जुम्ला पुगेका छन् ।

तर विद्यार्थी र समर्थकले डा केसीलाई अनशनस्थलबाट बाहिर ल्याउन र मुख्यमन्त्रीसहितको टोलीलार्इ भेट्न दिएका थिएनन् । डा केसीले पनि आफ्नो स्वास्थ्यप्रति सरकार गम्भीर भए  माग पुरा गर्न आग्रह गरेका थिए ।

डा केसीलार्इ काठमाडाैं ल्याउने क्रममा कर्णाली स्वास्थ्य विज्ञानका विद्यार्थी र समर्थकले अवराेध गरेपछि स्थानीय प्रशासनले डा केसीका समर्थकमाथि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेकाे थियाे । लाठी चार्जबाट कयाैं विद्यार्थी तथा स्थानीय घाइते भएका बताइएकाे छ।

कमेन्ट गर्नुहोस्