जुम्लामा गोली चल्यो, गोली लागेर प्रहरी नै घाइते

जुम्ला, साउन ३ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनमा उत्रिएका विद्यार्थी तथा सर्वसाधारणलाई लक्षित गरेर प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोलीबाट एक प्रहरी नै घाइते भएको बताइएको छ ।

२० दिनदेखि आमरण अनशनरत प्राडा गोविन्द केसीलाई सरकारको निर्देशनमा काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली विद्यार्थीको अवरोधका कारण केसीलाई नभेटी अस्पतालबाट फर्किएसँगै प्रहरीले लाठी चार्ज गरेको हो ।

याे पनि पढ्नुस  कर्णालीमा भारी हिमपात, सडक अवरुद्ध, जनजीवन प्रभावित

अस्पताल परिसरमा अहिले प्रहरीले अन्धाधुन्द लाठी चार्ज गरिरहेको छन् । प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका जनाइएको छ ।

समाचार संकलन गरिरहेका पत्रकार माथि पनि प्रहरीले अवभद्र व्यवहार गरेको र लाठी चार्ज गरेको दृश्य खिचे क्यामरा फुटाइदिने धम्की समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्