डा. केसीका समर्थकमाथि बल प्रयोगको देउवाद्वारा भत्सर्ना

काठमाडौं, साउन ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीले उठाएका माग जायज भएका भन्दै उनको जीवन रक्षाका लागि एकतावद्ध भएर प्रर्दशनमा उत्रन आह्वान गरे । जुम्लामा डा केसीका समर्थकमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरी कुटपीट गरेको घटनाको देउवाले निन्दा र भत्सर्ना पनि गरेका छन् ।

बिहीबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीलार्इ संक्षिप्त प्रतिक्रिया दिदै आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश हुबहू पारित नगरे आफूहरुलाई मान्य नहुने बताए । डा. केसीको ज्यान जाने अवस्था आउँदा पनि सरकार उनका मागप्रति गम्भीर नभएको देउवाको आरोप छ ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका आह्वानमा बिहीबार संसद भवन बानेश्वरमा डा केसीका माग र चिकित्सा शिक्षा विधेयकमाथि एउटै धारणा बनाउन भन्दै तीन दलको बैठक बसेको थियो । बैठकमा कांग्रेस सभापति देउवा, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्ताे र नयाँशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच छलफल भएको थियो ।

कमेन्ट गर्नुहोस्