दन्तेवाडामा ठूलो भिड्न्त, शीर्षतहका माओवादी कमाण्डरसहित ८ जना मारिएको प्रहरीको दाबी

दन्तेवाडा, साउन ३ । छत्तिसगढको दन्तेवाडा र बीजापुरको सीमामा पर्ने तीमेनारको पहाडमा बिहीबार बिहान प्रहरी र नक्सलवादीबीच भएको मुठभेडमा ८ जना नक्सलवादी (माओवादी)का मृत्यु भएको र मृत्यु हुनेमा तीन जना महिला रहेको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीले सबै नक्सलवादीका शव बरामद गरेको जनाएको छ । साथै उनीहरुको साथबाट अत्याधुनिक स्वचलित हतियार र भारी मात्रामा विस्फोटक बरामद गरेको एसपी नक्सल अपरेशन जीएन बघेललाई उधृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार दन्तेवाडामा डीआरजी र एसटीएफका जवान विहीबार विशान करीब ६ बजे गंगालूर क्षेत्रका तीमेनार पहाड क्षेत्रको जंगलमा सर्च अपरेशनमा थिए । यसैक्रममा सुरक्षाकर्मीलाई देख्नसाथ नक्सलवादीले आक्रमण शुरु गरे । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी फायरिङ गरे ।

याे पनि पढाैं

भारतीय नक्सलवादीसँग मिलेर घनिभूत सशस्त्र संघर्षको तयारीमा विप्लव माओवादी

सिद्धिएकै हो त भारतमा माओवादी आन्दोलन ?

करीब आधा घण्टासम्म चलेको भिडन्तमा ८ जना नक्सलवादी मारिएको सुरक्षा अधिकारीकाे दाबी छ । उनीहरुको साथबाट प्रहरीले २ थान इन्सास, २ थान थ्रीनटथ्री १ थान १२ बोर बन्दुकसहित भारीमात्रामा विस्फोटक पदार्थ बरामद गरेको बताइएको छ ।

मुठभेडमा मारिएका नक्सलवादीहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । वरामद गरिएका हतियारका आधारमा मारिएका नक्सलवादी उच्चतहका नेता भएको प्रहरीको दाबी छ । यस्ता हतियार नक्सलवादीका उच्च कमाण्डरले मात्रै प्रयोग गर्ने गरेको उनीहरुको दाबी छ ।

लामो समयपछि छत्तीसगढ प्रहरीले यो ठूलो सफलता पाएको उनीहरुको दाबी छ । अहिलेसम्म आन्ध्र प्रदेश, उडिसा र महाराष्ट्र प्रहरीले गरेका छन तर सफलता हात पार्न नसकेको बताइएको छ । दन्तेवाडा कारबाहीको नेतृत्व डीआरजी र एसटीएफले संयुक्त रुपमा अगाडि बढाएका हुन् ।

गृहमन्त्रीका बधाई

नक्सलवादीमाथि दन्तेवाडामा प्रहरीले पाएको सफलताका लागि केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले मुख्यमन्त्री रमन सिंहलाई फोन गरेर बधाई दिएका छन् ।

कमेन्ट गर्नुहोस्