डा केसीलाई सैनिकमञ्चमा ओरालियो, त्रिबि शिक्षण अस्पतालमा उपचार हुने

काठमाडौं, साउन ३ । लामो धरपकडपछि जुम्लाबाट सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएका प्राडा गोविन्द केसीलाई राजधानीको सैनिकमञ्चमा अवतरण गराइएको छ।

सैनिक मञ्चबाट डा केसीलाई उपचारका लागि  महाराजगञजस्थित त्रिबि शिक्षण अस्पतालमा लगिएकाे छ ।  तर बीचमा सैनिक अस्पताल छाउनीमा उपचार गरिने भनिए पनि त्यहाँ जान डा केसीले अस्वीकार गरेको बताइएको छ ।

गएको गएको २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशनरत डा केसीलाई बिहीबार बल प्रयोग गरेर काठमाडौं ल्याएको हो । डा केसी आफ्ना माग पूरा नभएसम्म काठमाडौं नफर्किने अडानमा थिए अन्तिम समयसम्म पनि ।

स्थानीय प्रशासनले आफ्ना समर्थक, चिकित्सक र विद्यार्थी जथाभावी बल प्रयोग गरेपछि निकै दुःखी भए र भने म काठमाडौं जान्छ । तर सरकारले पठाएको सेनाको हेलिकप्टरमा होइन आफै जान्छ । त्यसबीचमा बल प्रयोग गर्ने क्रममा प्रहरीकै गोली लागी घाइते भएका प्रहरी जवान कमल उपाध्यायको मृत्युको झूठो सूचना फैल्याइयो र डा केसी मर्माहित भएर बेडबाट उठेर काठमाडौं आउन तयार भए ।

दिनभर जस्तो कर्णाली स्वास्थ्य विज्ञान तनावग्रस्त बन्यो । कयौं स्थानीय, विद्यार्थी र चिकित्सक घाइते भए । घाइते मध्य केहीको अवस्था गम्भीर रहेको बताइएको छ । भने प्रहरीको गोली लागि घाइते भएका प्रहरी जवान उपाध्यायलाई नेपालगञ्ज लगिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्