सैनिक जवानद्वारा आफैलाई गोली प्रहार, अवस्था गम्भीर

दुनै, साउन ३ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सुलीर्गाडमा रहेको ईश्वरी बक्स गुल्ममा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय ध्रुव चन्दले आफैलाई गोली प्रहार गर्दा गम्भीर घाइते भएका छन् ।

बिहीबार बिहान ड्युटीमा रहेका जवान चन्दले करीब ११ बजे आफैँलाई गोली प्रहार गर्दा चिउँडो, मुख, ओठ र नाक छेडेको जिल्ला अस्पताल डोल्पाका मेडिकल सर्जन डाक्टर अनुप मंगल समालले जानकारी दिए ।

‘अवस्था गम्भीर छ तर काठमाडौँमा उपचार हुन्छ, बिरामीको होस गुमेको छैन ।’ डाक्टर अनुप भने ।

अचानक एउटा गोली चलेको आवाज आएपछि सेनाका अन्यले खोजिगरेपछि ड्युटीमा रहेका चन्द गोली लागेको अवस्थामा भेटिएका थिए । सैनिक स्रोतका अनुसार चन्दलाई उपचारका लागि तत्काल जिल्ला अस्पतालमा लगिएको थियो ।

त्यसपछि हेलिकप्टरमार्फत सुर्खेत हुँदै उनलाई काठमाडौंको सैनिक अस्पताल छाउनीमा ल्याइएको छ । घटनाबारे अनसन्धान भइरहेको सेनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्