जुम्लामा गोली चलाएको छैन : नेपाल प्रहरी (विज्ञप्तिसहित)

काठमाडौं, साउन ३ । डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्लामा प्रहरीले गोली चलायो र गोली लागी एक जना प्रहरी जवानको मृत्यु भयो भन्ने समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल प्रहरी जनाएको छ ।

बिहीबार साँझ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शैलेश थापा क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केसीलाई काठमाडौं ल्याउने क्रममा प्रतिष्ठानको हाताभित्र प्रहरीमाथि सिसा तथा चिर्पट प्रहार गरी हुलहुज्जत गर्दा प्रहरीतर्फ प्रहरी अधिकृतसहितच तीन जना घाइत भएको प्र ज कमल आचाईको छातीमा सिसाको टुक्रा र प्रहार गरिएको चिर्पटमा रहको किल्ला गडेर गम्भीर घाइते भएकोमा प्रतिष्ठान शल्याक्रिया लगायतका उपचार भइरहेको जानकारी गराइन्छ ।’

समाचार ब्रेक गर्ने नाममा मृत्यु जस्तो मानवीय सम्वेदनायुक्त विषयमा सम्बन्धीत अधिकारीसँग पुष्टी नगरी सूचना सम्प्रेण गर्दा समाजमा नकरात्म सन्देश जाने हुँदा सम्बेदनशील हुन पनि विज्ञप्तिमा अपील गरिएको छ ।

कमेन्ट गर्नुहोस्