अस्ट्रेलियामा २ जना नेपाली पक्राउ

काठमाडौं, साउन ४ । अस्ट्रेलियामा दुई जना नेपाली पक्राउ परेका छन्। श्रमिकलाई शोषण गरेको आरोपमा अस्ट्रेलियन प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो । उनीहरु दुबैलाई अस्ट्रेलियाबाट बाहिरिन लाग्दा नियन्त्रणमा लिएको थियो।

पश्चिम अस्ट्रेलियाको उत्तरी क्षेत्रमा पर्ने कुनुनुर्रा क्षेत्रबाट सिमावर्ती प्रहरी एपिएफले उनिहरुलाई नियन्त्रणमा लिएको जनाईएको छ। पक्राउ परेका दुवै पुरुष नेपाली हुन्। उनिहरुको नाम भने खुलाईएको छैन।

विशेषगरि विदेशी कामदारमाथी श्रम श्रोषण गर्नेमाथी स्थानीय प्रहरीले अप्रेसन नै चलाएको जनाईएको छ। अस्ट्रेलियामा रहेका अवैध कामदारलाई थोरै पैसा दिएको र दुर्व्यवहार गरेको पक्राउ परेकामाथि आरोप छ।

संगठित प्रवेशाज्ञा ठगीको हकमा १० वर्षसम्म कैद तथा दुई लाख डलरसम्म जरिवाना हुन सक्ने छ। संस्थागत हकमा भने १० लाख ५० हजार डलरसम्म जरिवाना हुन सक्ने जनाईएको छ।

कमेन्ट गर्नुहोस्