प्रहरीमाथि तालिवानी शैलीमा भएको आक्रमणको जिम्मा कसले लिन्छ ?

काठमाडौं, साउन ४ ।  सरकाराका प्रवक्ता एवम् सूचना सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जुम्लाबाट अनशनरत डा. केसीलाई ल्याउने बेला प्रहरीमाथि भएको आक्रमणको जिम्मा कसले लिन्छ भन्दै प्रश्न गरेका छन् । उनले भने-केसीलाई काठमाडौं ल्याईएको छ, अब वार्ता र उपचार सँगसँगै अघि बढ्छ । उनको बालहठप्रति धेरै टिप्पणी गर्न आवश्यक छैन ।
उनलाई किन, कसले, कसरी स्वास्थ्य जोखिममा पर्ने गरी उचालेको हो ?

यो मानवअधिकारको प्रश्न हो कि होईन ? जुम्लामा प्रहरीमाथिको तालिवानी शैलीमा आक्रमण भएको छ । प्रहरीमाथिको आक्रमणको जिम्मा कसले लिन्छ ? हामी जिम्मेवारी ढंगले अघि बढेका छौँ ।, नयाँ पत्रिकामा यो खबर छ ।

कमेन्ट गर्नुहोस्