वडा सदस्यसहित सातजना जुवाडे पक्राउ

पाल्पा, साउन ४ । पाल्पामा वडा सदस्यसहित ७ जना जुवाडे पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा तानसेनको सेन्चुरी हट रेष्टुरेन्टबाट एकलाख १५ हजार ६ सय ९५ रुपैयाँ सहित उनीहरु पक्राउ परेका हुन् ।

तानसेन नगरपालिका-  ११ का वडा सदस्य चुराबहादुर गोदार, तानसेन ४ का कृष्ण थापा, गणेश कुँवर, तानसेन ३ का सुशील कुँवर, तानसेन २ का टेकनाथ न्यौपाने, तानसेन ४ का प्रकाश कार्की र रिब्दीकोट गाउँपालिका ६ का शिव जीसीलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्