दुर्घटनामा घाइते पत्रकार खनालको मृत्यु

झापा, साउन ४ । दुर्घटनामा परी घाइते भएका पुराना पत्रकार गोपीकृष्ण खनालको मृत्यु भएको छ । साइकलमा सवार खनाललाई बिहिबार मे १ ज ६५८ नम्बरको जीपले ठक्कर दिएको थियो । विर्तामोड-२ चारपानेमा जीपले ठक्कर दिएपछि घाइते भएका खनाललाई उपचारका लागि विर्ता सिटी अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि साँझ बीएण्डसी अस्पताल रिफर गरिएका खनालको उपचारका क्रममा मृत्यु भएको हो । विर्तामोड-३ निवासी ७० वर्षीय खनाल झापाका अग्रज र पुराना पत्रकार थिए। उनले लामो समयसम्म नयाँ कामना साप्ताहिक प्रकाशन गरेका थिए। साहित्यकारसमेत रहेका भएका खनालको निधनले नेपाली पत्रकारितामा अपूरणीय क्षति पुगेको छ ।

कमेन्ट गर्नुहोस्