भारतीय क्रिकेट टिमको कप्तानमा फेरि धोनी !

काठमाडौं, साउन ४ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली नभएर महेन्द्रसिंह धोनी नै हुन् । अचम्म पर्नुभयो ? यो हामीले भनेको होइन यो त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भनेको छ । बीसीसीआइको वेवसाइटमा धोनीको प्रोफाइल तस्वीरमा एमएस धोनी भारतीय क्रिकेट टिमका कप्तान हुन् लेखिएको छ ।

अहिलेका कप्तान भनेका विराट नै हुन्, तर उनको प्रोफाइलमा भने केवल विराट कोहली मात्र लेखिएको छ । तर बीसीसीआइको टिम इण्डिया पेजमा भने विराट कोहली नै कप्तान लेखिएको छ ।

धोनीले डिसेम्बर २०१४ मा अस्ट्रेलियासँग भएको टेस्ट सिरीजबाट सन्यास लिएका छन् । उनले ४ जनवरी २०१७ टि-२० बाट कप्तानबाट राजीनामा दिएका थिए । त्यसपश्चात धोनी केवल वाण्डे र टी-२० अन्तर्राष्ट्रिय खेलमा विकेटकीपर र ब्याट्समेन भएर खेल्ने गरेका छन् । -दैनिक भास्करबाट

कमेन्ट गर्नुहोस्