मोदी सरकारविरुद्धको अविश्वासको प्रस्तावमा छलफल हुँदै, प्रधानमन्त्री मोदीको भविष्य के होला ?

नयाँदिल्ली, साउन ४ । भारतको लोकसभामा मोदी सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावमाथि आज (शुक्रबार) विहान ११ बजे छलफल हुँदै छ । अविश्वास प्रस्तावमाथि यदि मतदान भयो भने संसदमा रहेको सदस्य संख्याका आधारमा भारतीय जनता पार्टी नेतृत्वको एनडीएले सजिलै बहुमत प्राप्त गर्ने छ ।

कांग्रेस र अन्य विपक्षी दलको सबै सीट मिलाए पनि भाजपाको जित निश्चित छ । बुधबार कांग्रेसले अविश्वासको प्रस्ताव पेश गरेपछि बिहीबार सरकारले भनेको थियो मतदान भएमा हामी सजिलै जित्ने छौं अर्थात सरकारसँग स्पष्ट बहुमत छ । यधपि कांग्रेस र तेदेपाको अविश्वास प्रस्ताव गरेपछि यूपीए अध्यक्ष सोनिया गान्धीले भनेकी थिइन, ‘विपक्षसँग पर्याप्त बहुमत छ ।’

याे पनि पढ्नुस  ओली र मोदीको सम्बन्ध झाँगिदै, फागुनमा नेपालमा आउने, तयारीका लागि स्वराज आउन थालेको खुलासा

प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘आज हाम्रो संसदीय लोकतन्त्रको महत्वपूर्ण दिन हो । मलाई सबै संसदप्रति पूर्ण विश्वास छ । यो मौकामा उहाँहरुले विना अवरोध संसदमा बहसलाई अगाडि बढाउनु हुनेछ । देशवासीका लागि हामीले संविधान पालना गर्नुपर्छ । पूरै देशको नजर हामीमाथि हुनेछ ।’

५४५ सदस्यीय लोकसभामा अहिले ५३४ जना साँसद रहेका छन् । मौजुदा सदस्य संख्यामा बहुमतका लागि २६८ सीट आवश्यक पर्छ । जसमा सत्तारुढ दल भाजपासँग ३१३ जना साँसद छन् जो बहुमतका लागि पर्याप्त छ। भने विपक्ष कांग्रेस नृतत्वको गठबन्धन युपीएसँग १३७ साँसद रहेका छन् । भने ८३ जना साँसद भएका अन्य साना दलले अविश्वासको प्रस्तावमा कसलाई समर्थन गर्छन् स्पष्ट छैन ।

याे पनि पढ्नुस  भारतीय प्रधानमन्त्री मोदीले गरे नेपालीमा ट्वीट!

भारतीय संसदीय इतिहासमा अहिलेसम्म २७ वटा अविश्वासका प्रस्ताव पेश भएका छन् । जसमध्य चारवटा प्रस्तावलाई ध्वनिमतलाई खारेज गरिएको थियो भने सन १९९९ मा भाजपाका अटलबिहारी वाजपेयीको सरकार एक मतले पराजित भएकोे थियो । भने उनविरुछद्ध सन २००३ पनि अविश्वासको प्रस्ताव पेश भएको थियो तर बहुमतले पराजित गरेको थियो । भने सन १९९६ मा प्रस्तावमाथि मतदान हुनुभन्दा पहिले नै वाजपेयीले पदबाट राजीनामा दिएका थिए ।

याे पनि पढ्नुस  Breaking: सफल कार्यकाल भन्दै मोदीले प्रचण्डलाई फोन गर्दै दिए बधाई

त्यसैगरी इन्दिरा गान्धी नेतृत्वको सरकारविरुद्ध भारतीय संसदीय इतिहासमा सबैभन्दा बढी १५ वटा अविश्वासका प्रस्ताव पेश भएका थिए । मोदी सरकारविरुद्ध साँढ चार वर्षको अवधिमा यो पहिलो अविश्वासको प्रस्ताव हो । भने लोकसभाका लागि २७ औं ।

कमेन्ट गर्नुहोस्