डा. केसीका मागबारे नेकपाका दुवै अध्यक्षको समान धारणा (विज्ञप्तिसहित)

काठमाडौं, साउन ४ । अनशनरत डा. गोविन्द केसीका मागबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच असमान धारणा नरहेको प्रचण्डको सचिवालयले जनाएको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले त्यस्तो जनाएको हो ।

आज (शुक्रबार) ‘नागरिक दैनिकमा डा. केसीका माग जायज प्रचण्ड’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्रचण्डको सचिवालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको छ । नागरिकले प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटालाई उदृत गर्दै गोविन्द केसीका मागमा प्रचण्डको समर्थन गरेको समाचार प्रकाशित गरेको थियो ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओलीसँग अब २-२ करोडका तीन गाडी हुने

शुक्रबार सापकोटाले एक विज्ञप्ति जारी गर्दै आफूलाई नसोधी समाचारमा आफ्नो नाम राखिएकोमा आपत्ति जनाएका छन् । सापकोटाले भनेका छन्, ‘यस विषयमा नागरिक दैनिक लगायत कुनै पनि मीडियाकर्मी र मीडियासँग मेरो कुरा नभएको स्पष्ट पार्न चाहन्छु ।’ सापकोटाले डा. गोविन्द केसीका मागबारे प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच समान धारणा रहेकोसमेत उल्लेख गरेका छन् । यस्तो छ उनको विज्ञप्ति।

कमेन्ट गर्नुहोस्