सुनको मूल्य यथावतै, चाँदीको घट्यो !

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ५६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा यही मूल्य नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

याे पनि पढ्नुस  चाडबाड नजिकिदै गर्दा बजारमा ह्वात्तै बढ्यो सुनचाँदीको भाऊ !

बिहीबार तेजावी सुनको प्रतितोला मूल्य ५६ हजार २०० सय रुपैयाँमा कारोबार भएको थियो भने आजको नेपाली बजारमा पनि यही मूल्यमै कारोबार भइरहेको जनाएको छ ।

त्यस्तै, शुक्रबार चाहिँ चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

बिहीबार चाँदीको प्रतितोला मूल्य ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ७४० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्