‘म्युजिकल्ली’ मा रमेका अनुहार !

म्युजिकल्ली विश्ववव्यापी सर्ट भिडियो प्रयोगकर्ताको छुट्टै संसार हो । विश्वभरी यसका लाखौं फ्यान छन् । यतिबेला यो एउटा सबै क्षेत्रका युवाहरुको आफ्नो प्रतिभा प्रस्फुटन गर्ने  ग्लाेबल फाेरम नै बनको छ ।

म्युजिकल्ली प्रयोगकर्ताहरुले यो एपलाई प्रस्फुटन गर्ने मञ्चको रुपमा लिएका छन् । म्युजिकल्लीले विश्वव्यापी रुपमा एक्टिङ ट्यालेन्ट देखाउन सकिने, म भित्र पनि केही छ भन्ने सोचले कन्फिडेन्ट लेभलसमेत  बढाउने बताउँछन् प्रयाेगकर्ता । यसले समय कटाउन र निराशा हटाउन मद्दत गरेकाे छ ।

यसमा आफ्नो रुचि तथा प्रतिभा अनुसारका सर्ट भिडियो अपलोड सकिन्छ । संगीतमा रुची राख्नेहरुले एपमा गीत अपलोड गर्छन, भने डाइलग, अभिनय, गीतमा लिपसिङ, माेडलिङलगायत जुनसुकै अभिनयका भिडियो अपलोड गर्न सकिन्छ ।

म्युजिकल्लीबाट आफ्नो ‘क्रियटिभिटी’ देखाएर आफ्ना फ्यानहरुको वाही–वाही बटुल्न सकिने भएकोले पनि अभिनेत्री, अभिनेता, गायक–गायिका तथा मोडलहरु पनि टाढा रहन सकेका छैनन् । भिडियो रेकर्ड गर्न विभिन्न तीन प्रकारका गति फास्ट, स्लो, इपिक, टाइम ल्याप्स् गरी छुट्याइएको छ । १५ मिनेट तथा १ मिनेटसम्मकाे भिडियाे एक्लै वा दुई जना सँगै गर्न सकिन्छ ।

चिनियाँ भिडियो नेटवर्कले सन् २०१४ मा निर्माण गरेको यस एप्समा अहिले  २५ करोडभन्दा बढी प्रयोगकर्ता छन् ।

कमेन्ट गर्नुहोस्